arrow

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीलाई अदालत लगिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
chabilal-joshi-sahakari.jpg

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा पेश गरिँदै छ ।

काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

 सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रचलित कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । 

आइतबार मात्रै गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनलाई सहकारी छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका थिए । 

रवि लामिछानेलाई भने आइतबार प्रहरीले पक्राउ गर्न सकेन । सम्भवतः उनी सोमबार पक्राउ पर्ने प्रहरी स्रोतले बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ