arrow

कुमारी बैङ्कलाई भिसा इन्टरनेशनलबाट दुई प्रतिष्ठित अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
kumari-bank-visa-leadership-conclave-nepal-2024.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले भिसा इन्टरनेशनलद्वारा दुई विधामा सम्मान प्राप्त गरेको छ। २०८१ असोज ४ गते आयोजित "लिडरसिप कन्क्लेव नेपाल २०२४" सम्मेलनमा कुमारी बैङ्कलाई "उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्टता" र "सीमा पार व्यापारमा उत्कृष्टता" अवार्डद्वारा सु सम्मानित गरिएको हो।

सम्मेलनमा कुमारी बैङ्कले बैङ्किङ सेवा र डिजिटल प्रणालीलाई आत्मसात् गर्दै निरन्तर अगाडि बढिरहेको र आगामी दिनमा पनि डिजिटल क्षमता सुदृढीकरणमा थप लगानी गर्दै सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

विगत २३ वर्षदेखि बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको कुमारी बैङ्कले वित्तीय साक्षरताको प्रवर्द्धन गर्दै देशभर ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर, र ५७ शाखारहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गरिरहेको छ। आगामी दिनहरूमा पनि सरल, सुलभ, र उत्कृष्ट सेवाका लागि विभिन्न सहकार्यहरू गर्दै जाने बैङ्कले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ