arrow

बुबाको हत्या आरोपमा छोरा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
shailendra-pakrau.jpg

पोखरा । सिराहामा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका वडा नं. ३ खजनपुर टोलकमका ६५ वर्षीय भालेश्वर यादव रहेको प्रहरी प्रधान कार्यालयद्वारा जारी दैनिक समाचार बुलेटिनमा उल्लेख छ ।

घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादवले बुबा भालेश्वरमाथि कुटपिट गरेका थिए ।

गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति ११ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट लगत्तै प्रहरी चौकी औरहीबाट गएको टोलीले छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ ।

मृतक भालेश्वर यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ ।

पक्राउ परेका छोरा शैलेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ