arrow

फरार प्रतिवादी डेढ वर्षपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
manbahadur-bk.jpg

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले एक जना फरार प्रतिवादीलाई डेढ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका वडा नं. ९ का मनबहादुर बिक छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार विकलाई पशुपक्षीसम्बन्धी कसूर मुद्दामा जिल्ला अदालतले २०८० वैशाख ७ गते दुई वर्ष आठ महिनाको जेल सजाय सुनाएको थियो ।

विक सुरुदेखि नै फरार रहेका थिए । उनलाई असोज ८ गते पक्राउ बुर्तिवाङ बजारबाट पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

उनलाई बुधबार अदालत पेश गरिएको र अदालतको आदेशले नै कारागार चलान गरिएको थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ