arrow

कुमारी बैङ्कको दसैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
kumari-bank-cashback--offer-2081.jpg

काठमाडौँ। अनवरत रूपमा नवप्रवर्तनमा आधारित उत्कृष्ट सेवा प्रदान गरिरहेको कुमारी बैङ्कले आउँदो विजया–दशमीका अवसरहरूमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप दसैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ।

घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने यस अफर मार्फत कुमारी बैङ्कका सेवाग्राहीहरूले  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैङ्किङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रु. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

यो योजना अन्तर्गत लाभान्वित सेवाग्राहीको सङ्ख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११:५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको छ। यस प्रकारको क्यासब्याकले सेवाग्राहीहरूमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैङ्कले लिएको छ।

विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राह वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ