arrow

जेबीएनएल सेक्युरिटिजको साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्युरिटिजमा परिवर्तन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
jbnl-securities-2081.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धी कारोबार गर्ने कम्पनी जेबीएनएल सेक्युरिटिज लिमिटेडको प्रथम वार्षिक साधारण सभा  शुक्रबार सम्पन्न भएको छ ।

उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति/पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ । 

साथै कम्पनीको नाम जेबीएनएल सेक्युरिटिज लिमिटेडबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुने गरी ग्लोबल आईएमई सेक्युरिटिज लिमिटेडमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत गरियो ।

सभामा कम्पनीको एकमात्र शेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि विश्व सुवेदी, कम्पनी रजिष्ट्रारका प्रतिनिधि, कम्पनीका संचालकहरु, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ