arrow

सहकारी ठगीमा जोडिएका पूर्वडीआईजी जोशी थप सात दिन हिरासतमै रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
chabilal-joshi-sahakari.jpg
फाइल तस्बिर

पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशी थप सात दिन हिरासतमै रहने भएका छन् ।

जिल्ला अदालत कास्कीले आज जोशीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मुलुक बाहिर जान लागेको सूचनाका आधारमा अदालतबाटै पक्राउ पुर्जी लिएर जोशीलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको थियो ।

उनको सरकारी वकिलको कार्यालयमा बयान लिनेक्रम जारी छ ।

जोशीलाई सुरूमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । तर अनुसन्धान नसकिएपछि शुक्रबार सात दिन म्याद थप गरिएको हो ।

गृहमन्त्री रमेश लेखकको निर्देशनपछि प्रहरीले जोशी माथि अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ