arrow

वर्षाले नागढुङ्गा सडक अवरुद्ध, लेदो माटो नरोकिँदा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
malekhu-dhunibesi-nagdhunga.jpg
तस्बिर – फाइल ।

मलेखु (धादिङ) । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ । यहाँको धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध  बनेको हो । 

निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध  हुँदा सवारीसाधन रोकिएका छन् । काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । 

राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरेश्र श्रेष्ठले जानकारी दिए । निरन्तर पानी परिरहेकोले लेदो पन्छाउन कठिनाइ भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ