arrow

वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
narayanghad-mugling-pahiro.jpg
तस्बिर – फाइल ।

चितवन । अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले शुक्रबार र शनिबार यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । उनले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताए ।  

अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने रिजालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ