arrow

घासीकुवामा फेरि पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
pahiro-ghashikuwa.jpg
फाइल तस्बिर

पाेखरा । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ।

आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए।

उनका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो।

झरी परिरहेपछि १ः३० बजे सडक पहिराका कारण अवरुद्ध भएको छ। उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो।

सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ