arrow

देशैभर पानी पर्‍यो, तीन प्रदेशमा भारी वर्षा, सचेत रहन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
heavy-rain-81-6-12y.jpg

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । 

हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि भारी वर्षा भइरहेको छ ।  

दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका धेरै स्थानहरूमा तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानहरुमा अति भारी वर्षाको पनि  सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीकोसमेत सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका थोरै  स्थानहरुमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीकोसमेत सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ