arrow

नौ किलोमा सडक भासियो, गाडी पल्टियो, आवागमन पूर्ण रुपले ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
road-clash-9kilo.jpg

चितवन । नारायणगढ–मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासिएको छ । सडक दबेका कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भासिएको ठाउँमा एउटा गाडी पल्टिएको छ ।

भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी  मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

लगातारको वर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ