arrow

उपत्यकाभित्रै उर्लिए खोलानाला, हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, ग्याँस लिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
hunumante-bhaktapur-khola-8.jpg

काठमाडौँ । काठमाडौँ उपत्यका अतिवृष्टिको चपेटामा परेको छ । धेरै ठाउँ डुबानमा परेको छ । सोही क्रममा भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ । 

ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । उनीहरुले अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् ।  बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् । 

प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ