arrow

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
Phidim_Nagarpalika.png

पाँचथर । पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ ।

निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका वडा नं ४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका वडा नं १२ का २५ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो ।

उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् ।

पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवै जनाको मृत्यु भएको हो । मृतकको शव स्थानीयको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ