arrow

नक्खु खोलाले बगाउँदा बेपत्ता चार जना अझै भेटिएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
nakkhukhola-flood-81-6-12.jpg

काठमाडौँ । ललितपुरमा नक्खु खोलाले बगाउँदा बेपत्ता चार जनालाई प्रहरीले अझै उद्धार गर्न सकेको छैन । शनिबार बिहान ९ः१५ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई  खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् । 

नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुँदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।    

अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ