arrow

आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरबाट ३३ जनाको उद्धारको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
Sunkoshi_Gaunpalika.png

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबीचमा फसेका छन् ।

सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरूकुलका शिक्षक नारायण घिमिरेले बताए । 

अहिले विद्यार्थी र शिक्षक गुरूकुलको भवनको माथिल्लो तलामा रहेका छन् । बिजुली र इन्टरनेटको पहुँच छैन ।

उनीहरूले उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको गुनासो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ