arrow

ठाउँठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
siddhartha-highway.jpg
फाइल तस्बिर

स्याङ्जा । अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको निरन्तर वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको वालिङ-पाल्पा सडकखण्ड अवरुद्ध भएको हो ।

गएराति वालिङ नगरपालिकाको बाँयटारी तथा गल्याङ नगरपालिका विभिन्न ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए  ।

राजमार्ग अवरुद्ध भएपछि अहिले सडक विभागको डोजरले पहिरो पन्छाउने काम सुरु गरेको छ । बाँयटारीमा पहिरो हटाउने कार्य जारी छ ।

वालिङदेखि राम्दीसम्मको सडकखण्डमा पाँच/छ ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकाले हटाउन केही समय लाग्ने जनाइएको छ ।

पहिरोका कारण बुटवल/पाल्पा हुँदै स्याङ्जा प्रवेश गर्ने सवारीसाधन रोकिएका छन् । वालिङबाट पाल्पा, बुटवलतर्फ जाने सवारी साधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

अविरल वर्षाका कारण स्याङ्जा र पर्वतको दक्षिण भेग जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकका विभिन्न ठाउँमा पहिरो जाँदा सवारीसाधन रोकिएको जनाइएको छ ।

त्यस्तै वालिङ-चापाकोट सडकखण्डमा पहिरो जाँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने गल्याङ-चापाकोट सडकखण्ड पनि सञ्चालन हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ