arrow

गोरखा-आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
gorkha-aabukhaireni.JPG
फाइल तस्बिर

गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

उक्त सडकखण्डको गोरखा नगरपालिका-१२ स्थित सातकिलो ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी सहायक निरीक्षक बसन्त पौडेलले जानकारी दिए ।

‘‘पहिरोले सडक दुईतर्फी रुपमा नै अवरुद्ध भएको हो, उनले भने, ‘‘अवरुद्ध सडक खुलाउन सडक विभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले पहिरो पन्छ्याउन सुरु गरिएको छ ।’’

तत्कालका लागि दुई तर्फी नै सडक खुलाउन सक्ने अवस्था नरहेका पनि एकतर्फी खुलाउने प्रयास गरिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।

पहिरोले सडक अवरुद्ध भएपछि आँबुखैरेनी हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने र गोरखा सदरमुकामबाट बाहिरिने सबै सवारीसाधन बीचमै रोकिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ