arrow

कोशीमा पानीको बहाव बढेसँगै टिग्री टापुमा फसेका २७ जनाको उद्धारमा समस्या, हेलिकप्टरसमेत आउन सकेन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
tigri-papu-koshi-flood.jpg

काठमाडौँ । कोशीमा पानीको बहाव पाँच लाख २१ हजार ४ सय ५५ क्युसेक पुगेको छ । योसँगै कोशीका सबै ५६ ढोका खोलिएको छ ।

अविरल वर्षाका कारण बिच टिग्री टापुमा फसेका २७ जनाको उद्धारमा समस्या भएको सशस्त्र प्रहरीले जनाएको छ । 

खराब मौसमका कारण हेलिकप्टर आउन नसकेपछि समस्या भएको हो । मोटरबोट र बोटबाट उद्धार गर्न नसिकिने देखिएकोसमेत सशस्त्रले जनाएको छ । 

बराहक्षेत्र ६ ठाकुरबारीमा प्रदेश मुख्यमन्त्री, प्रदेश सुरक्षा प्रमुख, जिल्ला सुरक्षा समिति र नगर प्रमख घटनास्थल नजिकै रहेका छन् । बहाव घटेपछि उद्धारमा जाने गरी नेपाली सेना, सशक्त प्रहरी र स्थानीय प्रहरी उद्धारमा जाने भनी तयारी अवस्थामा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ