arrow

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
sinduli-ramechhap-highway-damange-2081.jpg

सिन्धुली। तीन दिन देखिको निरन्तर अविरल वर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ।बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पूर्ण रूपमा डुबाएको प्रहरीले बताएको छ।

साथै सुनकोसी नदी लगायत सिन्धुली जिल्लाको विभिन्न खोला र नदी हरूमा आएको बाढीले सिन्धुलीका विभिन्न स्थानहरू डुबानमा रहेकोले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ