arrow

सुस्तामा खतराको घण्टी, नारायणीको उच्च बहाव बाँधबाट ओभरफ्लो [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
susta-duban-81-6-12.jpg

लुम्बिनी । लुम्बिनी प्रदेशको ऐतिहासिक नेपाल–भारत सीमा विवादमा पर्दै आएको नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका वडा नं ५ पारी सुस्तामा यतिबेला नारायणी नदीको बहाव उच्च भएपछि खतराको घण्टी बजेको छ ।

लगातारको वर्षाका कारण नारायणीमा पानीको मात्रा उच्च भएपछि पारी सुस्तास्थित शिव मन्दिर अगाडिको बाँधबाट पानी ओभर फ्लो भएर गाउँतिर सोझिएको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैयसवालले जनाएका छन् ।  

उनले हाम्राकुरासँग भने, ‘पानी पर्ने क्रम जारी छ । पानीको बहाव बढ्दै गएको छ । यस्तै पानी बढिरहे बाँध जतिबेला पनि फुट्न सक्छ ।’

उनले बाँध फुट्यो भने सुस्ताको गाउँमा नदीको धार सोझिएर ठूलो क्षति पुर्‍याउने बताए । उनले प्राकृतिक विपत् व्यवस्थापन र नेपाल प्रहरीलाई खबर गरेकोसमेत जानकारी दिएका छन् । 

susta1.jpg
susta2.jpg
susta3.jpg
susta4.jpg
susta5.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ