arrow

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
anfa-football-players.jpg

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मकवानपुरमा सञ्चालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन्।

एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित वात्सल्यदेवी उच्च माविमा सञ्चालन गरिरहेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रमा रहेका ६ जना खेलाडीहरू क्रमशः दिवस बाँनिया, प्रियान्स आचाय, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी, आदिप्य वालमपाकी शनिवार बिहान करिब ६:३० बजे उक्त स्थानबाट अन्यत्र तर्फ लाग्ने क्रममा पहिरोमा परेको जानकारी दिएको छ।

बेपत्ता ६ मध्ये तीन जनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन्।

एन्फाले यस प्राकृतिक विपत्तिका क्रममा दुर्घटनामा परि सम्पर्क विहीन भएका खेलाडीहरूको खोजी कार्य जारी रहेको र उक्त स्थानमा रहेका अन्य खेलाडीहरू हाल सुरक्षित स्थानमा राखिएको जानकारी गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ