arrow

प्राकृतिक विपद्मा परी ५३ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
river-flood-kathmandu-nepal-2081.jpg

काठमाडौँ। दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ।

बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ। जसमा काठमाडौँमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ललितपुरको नख्खु खोलाले बगाउँदा नखिपोट क्षेत्रबाट ४ जना बेपत्ता भएकोमा तीन जनाको उद्धार गरिएको छ। यसै गरी गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उपत्यकाका अधिकांश नदी किनारका बस्ती डुबानमा परेका छन्। थुप्रै क्षेत्र जलमग्न बनेका छन्। बाढीले उपत्यकाका सयौँ घर डुब्दा स्थानीयको बिचल्ली भएको छ। मनोहरा, बागमती, विष्णुमतीलगायतका नदीमा आएको बाढी कोरिडोर पार गरेर बस्तीसम्मै पसेको छ।

काठमाडौँका बागमती, विष्णुमती,मनोहरा नदीमा बाढी आउँदा आसपासका बस्ती डुबेका छन् । बाढीले च्यासल, टेकु, बल्खु, नख्खु,गोङ्गबु क्षेत्र डुबेका छन्।

बागमती-मनोहरा दोभानमा बाढीले ग्यास ट्याङ्कर नै बगाएको थियो। बाढीले बगाइरहेका बेला ग्याँस लिग भएपछि सो क्षेत्रका स्थानीय त्रसित बनेका थिए । बाढीले ललितपुरको नख्खु -कुसुन्ती क्षेत्र प्रभावित बनेको छ भने भक्तपुरमा राधेराधे र हनुमन्ते खोला आसपासको क्षेत्र डुबानमा परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ