arrow

विपद्को घडीमा एनसेलको साथ: सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
ncell-logo-new-2081-2024.jpg

काठमाडौँ। देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौँ नेपालीहरूले सामना गर्न परेको यस कठिनाइ घडी र व्यापक क्षतिप्रति हामी चिन्तित छौँ। यस्तो विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरू सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता अझै झन बढी हुन्छ। एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेल आफ्ना ग्राहकलाई उहाँहरूको परिवार, आफन्तजन, साथीभाइ र आवश्यक उद्धार तथा सहयोगका लागि सम्पर्कमा रहिरहन सञ्चार सेवा सुनिश्चित गर्न प्रतिबद्ध छ।

भारी वर्षाका कारण सृजना भएको यस कठिन परिस्थितिलाई ध्यानमा राख्दै, एनसेलले आज शनिवार (असोज १२, २०८१) बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको छ । यस पहलले हाम्रा ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्त्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्‍याउने उद्देश्य लिएको थियो।

निःशुल्क डेटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्याङ्कन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्नेछ । नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरूसँग समन्वय र सहकार्य गरिरहेको छ।

एक करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल एक दूरसञ्चार सेवा प्रदायक कम्पनी मात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अङ्ग हो । हाम्रो सेवा ग्राहकलाई अनलाइन राख्न मात्र सीमित नभई यो सेवाको मद्दतले ग्राहकले आवश्यक सहयोग लिन पाउन, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न पाउन र आफ्ना परिवार तथा प्रियजनहरूसँग सम्पर्कमा रहिरहुन् भन्ने हो।

विपद्को समयमा हामी एनसेल तपाईँको साथमा छौँ र आवश्यक सहयोग गर्न प्रतिबद्ध छौँ। एनसेल परिवार बाढी र पहिरोबाट प्रभावित सबैमा सहानुभूति व्यक्त गर्दछौँ। हामी राहत तथा पुर्नउस्थान कार्यका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध छौँ। हामी तपाईँकै लागि।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ