arrow

काठमाडौँका लागि गोरखाबाट छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
bus-2270-missing.jpg
तस्बिर – फाइल ।

गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ ।

गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानीखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोही कसैसँग सम्पर्क भएको छैन । उक्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ