arrow

बाढीबाट मुस्ताङमा पनि क्षति, सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
mustang-badhi.jpg

म्याग्दी । मुस्ताङमा लगातारको झरीका कारण  बाढी पसेर सडक, नदी नियन्त्रण आयोजना र खेतीबालीमा क्षति पुगेको छ ।

पाखाबाट गेग्रानसहितको बाढी आएर बेनी-जोमसोम-कोरला सडकको जोमसोम-छुसाङ र कागबेनी-मुक्तिनाथ सडक  भत्काएको प्रहरीले जनाएकाे छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता प्रमेश गुरुङका अनुसार पहिरोले यसैसाता मात्र  कालोपत्र गरिएको जोमसोम-कागबेनी सडकमा क्षति पुर्याएको छ ।

शनिबार दिनभर जोमसोम-कोरला र कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध हुँदा स्थानीयवासी, सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गर्न र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री तथा पर्यटकलाई आवतजावतमा समस्या भएको उनले बताए ।

बेनी-जोमसोम-कोरला सडक आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजरको सहायतामा अवरुद्ध सडक खुलाएको प्रवक्ता गुरुङले बताए ।

बाढी पसेर स्याउ बगैँचा, आलु र जौँबालीमा क्षति पुगेको वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए ।

भित्र्याउने बेलाको खाद्यबाली, बजार पठाउने तयारी गरेको आलु र स्याउमा क्षति पुग्दा किसान मारमा परेकाे उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ