arrow

प्राकृतिक विपद्

तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
prithivi-gurung.jpg

काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरूलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । शनिबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सुरक्षा अङ्गका प्रमुखहरुहरुसहितको मन्त्रीहरूको आपत्कालीन समन्वयात्मक बैठकले अविलम्ब पीडितको राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको हो । 

कानून बमोजिम पीडितहरूले पाउने राहत पनि तत्काल उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले अवरुद्ध सडक, विद्युत्, टेलिफोन लगायतका अत्यावश्यक बस्तुहरू तत्काल सुचारु गराउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराएको छ । 

सरकारका प्रवक्ता गुरुङले भने ‘सरकारको अहिले कार्यबहाक प्रधानमन्त्री समेत रहनुभएका माननीय प्रकाशमान सिंहको अध्यक्षतामा आपत्कालीन समन्वयात्मक बैठक बस्यो । त्यो बैठकले यो २÷३ दिन लगातार परिरहेको भारी वर्षाका कारण जुन खालको नोक्सान भएको छ बाढी, पहिरोले । त्यो नोक्सानको एक खालको मूल्याङ्कन ग¥यो । र यो प्रकोपमा आफ्नो ज्यान गुमाउनु हुने सबै नागरिकहरूप्रति हामीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छौ । उहाँहरूलाई दिनुपर्ने कानून मुताविको सबै क्षतिपूर्तिको प्रबन्ध हुन्छ । दोसो कुरा, यो भारी वर्षाका कारण जुन खालको समस्या पैदा भएको छ । अहिले भइरहेका परीक्षाहरू हालका लागि स्थगन गर्ने निर्णय भएको छ । त्यो थोरै समयको लागि हो । त्यस्तै घाइतेहरूको निःशुल्क उपचार सरकारले गर्ने गर्दछ । सबै घाइतेहरूको निःशुल्क उपचारको काम पनि हामीले गर्दछौँ । र तत्काल दिन्छौँ । तत्काल अविलम्ब अवरुद्ध भएको सडकहरू खोल्ने भन्ने काममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल कदमी लिनु प¥यो । त्यो पनि निर्णय गरेका छौं । अब बाँकी टेलिफोनका लाइनहरू अवरुद्ध छन् कतै । कतै बिजुलीका लाइनहरू अवरुद्ध छन् । खानेपानीको पाईपलाईनहरु भत्केका छन् । सम्बन्धित तत्तत मन्त्रालयले आ आफ्नो ठाउँबाट यो प्राकृतिक प्रकोपले जे जस्ताहरू पैदा भएको छ । त्यो समन्वयात्मक ढङ्गले समाधान गर्नका लागि पहल गर्ने र जहाँ, जहाँ जनताहरू समस्या हुनुहुन्छ, त्यहाँ हाम्रो अनुरोध, निवेदन के छ भने प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाल पहरी, नेपाली सेना, एपीएफको हटलाइन, गृह मन्त्रालयको हटलाइनमा सम्पर्क गरेर राहत तथा तत्काल उद्धारका लागि अनुरोध गर्न सक्नु हुनेछ । हाम्रो सबै तयारी अवस्थामा रहेर ३ वटै सुरक्षा अङ्गहरू तयारी अवस्थामा छन् । गृह मन्त्रालय तयारी अवस्थामा छ । सम्बन्धित मन्त्रालय, जसले जहाँ जहाँ राहत उपलब्ध गराउनुपर्नेछ । उद्धार गर्नुपर्नेछ । त्यो कामको लागि सबै मन्त्रालय आ आफ्नो जिम्मेवारी पूरा गर्नका लागि लाग्ने भनेर हामीले सामूहिक निर्णय गरेका छौं । जोजसले ज्यान गुमाउनु भएको छ, उहाँहरूप्रति हाम्रो श्रद्धाञ्जली छदैछ । उहाँहरूको परिवारजनमा हामी समवेदना व्यक्त गर्न चाहन्छौँ । उहाँहरूलाई दिनुपर्ने राहतको कुराहरू हामी अविलम्ब उपलब्ध गराइहाल्छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ