arrow

प्राकृतिक विपद्बाट मृत्यु हुनेको सङ्ख्या १४८ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
river-flood-kathmandu-nepal-2081.jpg
तस्बिर : फाइल

काठमाडौँ। शुक्रवार र शनिवार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या १ सय ४८ पुगेको छ।

नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढी पहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्।

३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन्। काभ्रे जिल्ला भरिमा ३१ जनाको ज्यान गएको छ। ललितपुरमा २३ जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ