arrow

बाढी पहिरोबाट ऊर्जा, जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै चार अर्ब भन्दा बढीको क्षति [पूर्णविवरणसँगै भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
urjamantri-.jpg

काठमाडौँ ।  दुई दिनको निरन्तरको वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले ऊर्जा क्षेत्रमा करिव साढे ४ अर्ब ३५ करोड बराबरको क्षति भएको छ । आइतबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयले ऊर्जातर्फ २ अर्ब ४५ करोड,सिंचाईतर्फ १ अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ करिव १ अर्ब १६ करोड २० लाख रुपैयाँ गरी समग्रमा करिव ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । 

मन्त्रालयले यो क्षति अनुमान मात्रै रहेको भन्दै अझै बढ्नसक्ने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढी र पहिरोका कारण १ हजार १ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको पनि बताए । उनले जलविद्युत र प्रशारणलाइनतर्फ २ अर्ब ४५ करोड बराबरको क्षति भएको बताए । उनले सिंचाईतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको उल्लेख गरे । मन्त्री खड्काले बाढी र पहिरोले निजी क्षेत्रका २६ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको पनि बताए । 

ऊर्जामन्त्री खड्काले दुई दिनसम्म लगातार परेको अविरल वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल आर्मीका दुई जना गरी चार जना बेपत्ता भएको बताए । उनले निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत,ट्रान्समिसन लाइनमा ठूलो क्षति भएको जानकारी दिनुभयो । उनले मौसम विभागले गरेको पूर्वअनुमान गरी दिएको सूचनाको कारण क्षति कम भएको बताए । 


 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ