- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । तीन दिनको वर्षाले निम्त्याएको विपद काठमाडौँ उपत्यकाले बिर्सन नसक्ने बनाइदिएको छ । अकल्पनीय जनधनको क्षतिले काठमाडौँ उपत्यकालाई कुरुप बनाएर छाडेको छ ।
देशकै राजधानीमा पनि बाढी आउँछ र ? भनेर जबरजस्ती खोला थुन्ने र खोलालाई ठाउँ नदिएर मिच्ने प्रवृत्तिले सरकारलाई नराम्रोसँग झस्काएको छ । यसपालि उपत्यकामा बग्ने खोलाहरु यसरी उर्ले कि मानौँ उनीहरु विध्वंश मच्याउनका लागि मात्रै बगिरहेका हुन् ।
शुक्रबारदेखि शनिबारसम्मको विध्वंशपछिको काठमाडौँ आइतबार झन् हृदयविदारक थियो । उजाड थियो । लथालिंग र भताभुङ्ग थियो । पीडितलाई बचेखुसेका सामान पुनःप्रयोगमा ल्याउनका लागि गरेको प्रयास हेरिनसक्नु थियो ।