arrow

यसरी भएको थियो झ्याप्ले खोला दुर्घटना, ३५ शव निकालियो, उद्धार जारी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
jhaplekhola-landslide-after.jpg

काठमाडौँ । गत असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी  चल्न पाएका थिएनन् ।

अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् । 

काठमाडौँ र धादिङको सीमाना झ्याप्ले खोलामा अन्य क्षेत्रमा जस्तै सवारीसाधन लामबद्ध थिए । सडक सवारीसाधनले भरिभराउ थियो । रातिमा सवारीसाधन अघि बढ्न सकेनन् । 

त्यही बेला शनिबार बिहान ४ः०० बजे नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक (झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमा) बजारियो । ठाडो भीर भएकाले सिधा तल एकैचोटी पहिरो खस्यो । माथिल्लो सडकको सीमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । उक्त ठाउँ नागढुङ्गा सुरुङमार्गभन्दा केही वर पिप्लामोटपट्टी पर्छ ।

स्थानीय नानु लामाले भनिन्, “पहिरो गाडीमाथि खस्यो । अघिल्तिर रहेका साना सवारीसाधनमा रहेका केहीलाई हामीले तानेर बचायौँ, अन्य ठूला सवारीसाधनमाथि पहिरो खसिसकेको थियो, बचाउ बचाउ भन्ने आवाज आइरहेको थियो, हामीले बचाउन सक्ने अवस्था थिएन । पसल नै बगाउने डरले हामी पिप्लामोडतर्फ भाग्यौँ ।”

लामाका अनुसार प्रहरीलाई त्यसबारे खबर गरिएको थियो । “केही समयपछि प्रहरी आए । त्यसपछि के के भयो थाहा भएन, धेरैपछि आउँदा त यस्तो घटना भइसकेको देख्यौँ”, उनले भनिन् । 

नागढुङ्गादेखि नै ठाउँठाउँमा पहिरो खसेको थियो । तत्काल सवारीसाधन चल्ने अवस्था थिएन । अहिले पनि सो क्षेत्रमा दर्जनौँ ठाउँमा पहिरो खस्ने अवस्था छ । प्रहरी नायव उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन ठूलो सङ्घर्ष गर्नुपरेको बताउँछन् । 

यात्रुहरु परिवारजनलाई खोज्दै 

घटनास्थलको दृश्य कारुणिक देखिन्छ । सवारीसाधन क्षतविक्षत भएका छन् । शवहरु पुरिएको ठाउँबाट निकालिएकाले अनुहार चिनिने अवस्था छैन । शवहरु गाडीभित्रै पुरिएको अवस्थाबाट निकालिएका छन् । 

यात्रुका आफन्तहरु उनीहरुको अवस्थाबारे बुझ्न आइपुगेका छन् । उनीहरु आफन्तको खोजीका लागि हारगुहार गरिरहेका छन् । 

उनीहरु आँसु रोक्न सकिरहेका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना उद्धारमा सक्रिय छ । केही सवारीसाधनबाट शव निकालिएको छ भने गोरखाबाट आएको सवारीसाधन पुरिएकै अवस्थामा छ । 

निकाल्ल्ने काम जारी थियो । उद्धार कार्य जारी छ । अहिलेसम्म ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।  

jhaplekhola-landslide-aftermath-81-6-13 (1).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (2).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (3).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (4).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (5).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (6).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (7).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (8).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (9).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (10).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (11).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (12).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (13).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (14).jpg
jhaplekhola-landslide-aftermath-81-6-13 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ