arrow

एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
Tanahun_District.png

तनहुँ । तनहुँका दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले नाल्दीस्थित विद्युत् खम्बामा क्षति पुग्दा देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्नुपरेको हो ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार पहिरोले सडकसमेत अवरुद्ध हुँदा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको छ ।

नाल्दीको ११ केभी ‘डबल सर्किट’ ११ मिटरका नौ थान स्टिल विद्युत् खम्बा ढलेर प्रयोग गर्न नसकिने गरी क्षति भएको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए ।

बाढीपहिरोले जिल्लाका अन्य ठाउँमा समेत विद्युत् खम्बामा क्षति पुगेको रेग्मीले बताए ।

भानु नगरपालिकाको शेपा बगैँचा, व्यासको छाब्दीबाराही, घाँसीकुवा, कमलाबारी, करङकाठलगायत ठाउँमा पहिरोले विद्युत् खम्बामा क्षति पुगेको बताइएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ