arrow

प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
samiti-sunuwai-06-03.jpg

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने छ । 

साथै नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्नेछ । 

आजै प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गरिनेछ । 

साथै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ