सहकारी ठगीमा हिरासतमा परेका छविलाल जोशीको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
567
Shares
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।
अधिवक्ता रोचक जोशीले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् । सो निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजालसमा पेशी तोकिएको छ ।
सहकारी ठगीमा पक्राउ परेका गोरखा मिडियाका संचालकसमेत रहेका जोशीलाई जिल्ला अदालतले पहिलोपटक ५ दिन र दोस्रो पटक ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।