arrow

न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
parliamentarry-committee-81.jpg

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको समितिको बैठकले निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । 

न्यायपरिषद्ले उच्च अदालतमा न्यायाधीश रहेका निरौला र पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो । 

उजुरी आह्वानसँगै निरौला र पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ