arrow

तीन दिने बाढी पहिरोबाट मृत्यु हुनेको संख्या दुई सय पुग्यो, २६ अझै बेपत्ता, एक सय २७ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
river-flood-kathmandu-nepal-2081.jpg

काठमाडौँ । गत बिहीबारदेखि शनिबारसम्म तनि दिन परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०० पुगेको छ ।

नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अपडेट अनुसार २०० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार २६ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १२७ जना घाइते रहेका छन् ।

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा २९४ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजार २२२ जनाको उद्धार गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ