arrow

प्राकृतिक विपद्‌

विपद्‌मा परेका २५८ जनाको हवाई उद्धार : तीन जिल्लामा उद्धार जारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
rishikesh-tiwari.jpg

काठमाडौँ । सरकारले मनसुनजन्य विपद्‌मा परेका २५८ नागरिकको हवाई उद्धारमार्फत उद्धार गरेको जनाएको छ । सोमबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले सो जानकारी दिएका हुन् । 

केन्द्रीय सुरक्षा समितिको बैठकमा अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रूपमा छलफल भएको छ । आज काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भइरहेको प्रवक्ता तिवारीले बताए । उनकाअनुसार समितिले रोशी खोलामा (बीपी राजमार्ग)मा अलपत्र परेका सबै घाइते, बिरामी यात्रुहरूलाई आजसम्म धुलिखेल ल्याइसक्ने गरी काम भएको छ । 

उनले अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रूपमा अघि बढ्ने निर्णय समितिले गरेको बताए । उनले आवागमन सहज बनाउन आजदेखि पृथ्वी राजमार्गमा काठमाडौँतर्फबाट पनि यातायात पठाउने काम शुरु भइसकेको बताए । उनले अन्य राजमार्गहरू पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको जानकारी गराए । बीपी राजमार्गको नेपालथोक खण्ड धेरै नै बिग्रिएकाले नेपालथोकदेखि बर्दिवाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुण्डेसम्मको खण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आँकलन गरिएको बताए । 

उनले भने, ‘अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रूपमा छलफल गरेर त्यसको समीक्षा गरेका छौँ । अहिलेसम्म हवाई उद्धारबाट २५८ जनाको उद्धार गरिएको छ । आज हाम्रो मुलतः काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भइरहेको छ । रोशी खोलामा (बीपी राजमार्ग)मा अलपत्र परेका यात्रुहरु घाइते, बिरामीहरु हुनुहुन्थ्यो उनहरुको उद्धार आजसम्म सबै घाइते, बिरामी र अशक्तहरुलाई धुलिखेल ल्याइसक्ने गरी काम भइरहेको छ । अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रूपमा अघि बढ्ने निर्णय गरेको छ । आवागमन सहज बनाउन आजैबाट पृथ्वी राजमार्गमा मुल हाम्रो काठमाडौं उपत्यकाको मुल लाइफलाइन पृथ्वी राजमार्गमा काठमाडौँतर्फबाट पनि यातायात पठाउने काम शुरु भइसकेको छ । अन्य राजमार्गहरू पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको छ । बीपी राजमार्गको नेपालथोक खण्ड धेरै नै बिग्रिएकाले नेपालथोकदेखि बर्दिवाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुण्डेसम्मको खण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आँकलन गरेका छौँ । भकुण्डेबेसीदेखि नेपालथोक खण्डलाई सकेसम्म छिटो सञ्चालन गर्नेगरी विभिन्न प्रयासहरु समन्वयात्मक रूपमा काम गरेर अवरुद्ध हटाउने । बनेपा सिन्धुली खण्डमा जुन यात्रुहरु घाइते र अलपत्र हुनुहुन्थ्यो त्यहाँ मेडिकल टिम पठाएर स्वास्थ्य परीक्षण भएको छ भने अलपत्र परेका व्यक्तिलाई खाद्यान्न पठाएर वितरण गरिएको छ ।’

उनले भकुण्डेबेसीदेखि नेपालथोक खण्डलाई सकेसम्म छिटो सञ्चालन गर्नेगरी समन्वयात्मक रूपमा प्रयासहरु गरिरहेको बताए । बनेपा—सिन्धुली खण्डमा यात्रा गर्नेहरु अलपत्र परेका, बिरामी र अशक्त यात्रुहरुको चिकित्सकको टोली पठाएर सडकमै स्वास्थ्य परीक्षण भइरहेको र खाद्यान्न पनि वितरण गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ