arrow

मनकारी व्यवसायी गुरुङले बाढी पहिरो पीडितका लागि सरकारलाई दिए एक करोड ११ लाख 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
kp-oli-minbd-gurung-family.jpg

काठमाडौँ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पहिरो पीडितका लागि मोटो रकम सहयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भाटभटेनीका अध्यक्ष गुरुङ दम्पतीले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरे ।

उनको यो कदमको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् । उनलाई मनकारी व्यवसायी भनेर ओलीले सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले गुरुङ दम्पतीले दिएको चेक तत्कालै गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गरेका छन् । 

प्रधानमन्त्री ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरिएको गुरुङले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले समेत सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनुभयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।

गुरुङले भने, ‘मुलुक अप्ठेरो परेको बेलामा निजी क्षेत्रले सहयोग गर्नुपर्छ ।’ उनले तीन दिने अति वर्षापछिको वितण्डामा अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व भएको बताए । 

मनकारी व्यवसायी गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका थिए । 

त्यस्तै जाजरकोट भूकम्पपछि उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ