arrow

मलेखुमा सुख्खा पहिरो, सडक पूर्णरुपमा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
dhading_district_map.png

काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ । धादिङको मलेखु नजिक परेवा भीरमा आएको पहिरोका कारण सडक दुइतर्फी बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सोमबार बेलुकी साढे ७ बजे गएको पहिरो पन्छाउन सुरक्षा निकाय खटिरहेको भएपनि रातिनै पन्छ्याउन नसकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ ।

साथै प्रहरीले सम्पूर्ण सवारी चालकहरुले आ–आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
नयाँ