arrow

तीन दिन राष्ट्रिय शोक, बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई दुई लाख राहत दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
prithvi-subba-gururng-81-6-.jpg

काठमाडौँ । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए । 

त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको छ । जसमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको एक महिनाको तलबसमेत राखिने छ । 

तीन दिन राष्ट्रिय शोक मनाउने, राष्ट्रिय झण्डा आधा झुकाउने र १० दिन भन्दा बढी हराएकाहरु आफन्तलाई २ लाख दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । ।
 



लोकप्रिय समाचार
नयाँ