arrow

खुल्यो दाउन्नेको सडक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
daunne-road-reconstruct.jpg

परासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ दाउन्ने जंगल खुर्सानीखोलामा अविरल वर्षाका कारण सडक भासिनुका साथै हाइटेन्सन लाइनको पोल सडकतर्फ ढली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

गएरातिदेखि नै मर्मत थालिएको र मंगलबार बिहानदेखि एकतर्फी यातायात चालु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शुरुमा यात्रुबाहक सवारी साधनलाई मात्र जान दिएको र सडकको मर्मत पूर्ण रुपमा सम्पन्न भएपछि मात्र मालबाहक सवारी साधन जान दिने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ