arrow

सात जुवाडे जडिबुटीको होटलबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
crime-final-everytime-use.jpg

काठमाडौँ  । काठमाडौँ महानगरपालिका ३२ जडिबुटीस्थित निरज दरबार होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटेलका संचालक दोलखा जिरी नगरपालिका ५ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ४९ वर्षीय अमृतबहादुर कार्कीसमेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ४ सय ६५ रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ