arrow

बाढी पहिरोमा मृत्यु हुनेको सङ्ख्या २२६ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
flood-kalimati-81-6-13.jpg
तस्बिर : फाइल

काठमाडौँ। केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढी पहिरो र डुबानका कारण हालसम्म २२६ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १५९ जना घाइते रहेका छन्।

अहिलेसम्म बाढी, पहिरोमा १३ हजार ६१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

साथै प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु अघि सम्बन्धी जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ।

साथै सरकारले बाढी प्रभावितलाई खाद्यान्न लगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ