arrow

सूर्यदर्शन सहकारीको तीन करोड अचपलन गर्ने लीला पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
lila-suryadarsan-sahakari.jpg

पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको विधानविपरीत रकम अपचलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटार बस्ने ३२ वर्षकी लीला पछाई रहेकी छन् ।

उनलाई पोखराको गैह्रापाटनबाट सोमबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनले सहकारीका अध्यक्ष गिजेन्द्रबाबु राईसँग मिलेर सहकारीको तीन करोड रुपैयाँ अपचलन गरेकी थिइन् ।

उनले सो रकमबाट चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गरेकी थिइन् ।

उनलाई मंगलबार कास्की जिल्ला अदालतबाट चार दिनको मिलान म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



नयाँ