-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको विधानविपरीत रकम अपचलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटार बस्ने ३२ वर्षकी लीला पछाई रहेकी छन् ।
उनलाई पोखराको गैह्रापाटनबाट सोमबार पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनले सहकारीका अध्यक्ष गिजेन्द्रबाबु राईसँग मिलेर सहकारीको तीन करोड रुपैयाँ अपचलन गरेकी थिइन् ।
उनले सो रकमबाट चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गरेकी थिइन् ।
उनलाई मंगलबार कास्की जिल्ला अदालतबाट चार दिनको मिलान म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।