arrow

लागुऔषध बिक्री गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
mitralal-sharma.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित शुभेक्षा फार्मेसीका सञ्चालक मित्रलाल शर्मा लागुऔषध बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका छन् ।

उनलाई मंगलबार दिउँसो १ बजे पक्राउ गरी जिल्ला अदालत कास्कीबाट लागुऔषधसम्बन्धी मुद्दामा १५ दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको टोली शुभेक्षा फार्मेसीमा छापा मारेको थियो ।

सोक्रममा फार्मेसीबाट टपेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल्स ५० एमजी लेखिएको लागुऔषध एक सय १५ चक्की र उनको पोखरा-१७ पावरहाउसस्थित घरमा लुकाएर राखिएको सोही लागूऔषध ४५ हजार ७० चक्की बरामद भएको डीएसपी शर्माले बताए ।



नयाँ