arrow

बाढीपहिरोमा मृत्यु हुनेको संख्या दुई सय २८ पुग्यो, २५ जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
kathmandu-flood-aftermath-8.jpg

काठमाडौँ । हालैको बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । 

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ