arrow

बाढीपछिको बेहाल

‘हामी जोगियौँ तर सबै गुमायौँ अब कसरी उठ्ने हो थाहा छैन’ [फोटोफिचर]

बाढीले खण्डहर रोशी खोला किनार बस्ती, २० को मृत्यु, हजार घर क्षतिग्रस्त, सरकार खोज्दै पीडित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
roshikhola-flood-aftermath-.jpg

काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको वडा नं १२ स्थित रोशी खोलाको किनारमा रहेको भूमेडाँडा बस्ती अहिले खण्डहर बनेको छ । त्यहाँका अधिकांश घरहरु बगरमा परिणत भएका छन् भने बाँकी घरहरु पनि  बस्न नमिल्ने अवस्था मा छन् ।  

बाढीले किसानले खेतबारीमा लगाएका अन्नबाली, त्यस खोला छेउँमा रहेका घर, स्कूल टिपर, डोजरसम्म बगाएर लागेको छ । अधिकांश स्थानीयको उस्तै आवाज  छ ‘हामी जोगियौँ तर सबै गुमायौँ अब कसरी उठ्ने हो थाहा छैन ।’

विपद् गएको आज ६ दिन बितिसक्दासमेत राज्य संयन्त्र नपुगेको स्थानीयको गुनासो छ । गत बिहीबारदेखिको परेको अविरल वर्षाका कारण शनिबार रोशी खोलामा आएको भीषण बाढीले पूरै गाउँ नै बगाएको छ । 

रोशी खोलामा आएको बढीले त्यो क्षेत्रदेखि पनौती बजारसम्म असर गरेको छ ।

पनौती नगरपालिकाका अनुसार हालसम्म पनौती नगरपालिका क्षेत्रभित्र २० जना व्यक्तिहरूको निधन भएको छ । हजार भन्दा बढी  घर पहिरोमा परी क्षतिग्रस्त भएका छन् भने कति सम्पति क्षति भयो भन्ने आँकडासम्म गर्न नसकिएको नगरपालिकाले उल्लेख गरेको छ ।

roshikhola-flood-aftermath-81-6-16 (1).jpg
roshikhola-flood-aftermath-81-6-16 (2).jpg
roshikhola-flood-aftermath-81-6-16 (3).jpg
roshikhola-flood-aftermath-81-6-16 (4).jpg
roshikhola-flood-aftermath-81-6-16 (5).jpg
roshikhola-flood-aftermath-81-6-16 (6).jpg
roshikhola-flood-aftermath-81-6-16 (7).jpg
roshikhola-flood-aftermath-81-6-16 (8).jpg
roshikhola-flood-aftermath-81-6-16 (9).jpg
roshikhola-flood-aftermath-81-6-16 (10).jpg
roshikhola-flood-aftermath-81-6-16 (11).jpg
roshikhola-flood-aftermath-81-6-16 (12).jpg
roshikhola-flood-aftermath-81-6-16 (13).jpg
roshikhola-flood-aftermath-81-6-16 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ