arrow

टाउकोमा घनले हानेर मारेको आरोपमा सुरेश पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
suresh-thapa.jpg

पोखरा । स्याङ्जामा हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनाश गाउँपालिका वडा नं ४ बाङ्गेश्वराका ३२ को सुरेश थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठका अनुसार मंगलबार बिहान थापाले सोही ठाउँका ५८ वर्षीय प्रेमबहादुर कामीको टाउकामा घन प्रहार गरी हत्या गरेका थिए ।

आरानमा काम गरिरहेका अवस्थामा सो घटना भएको र कार्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ