arrow

एक सय छ जना फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
pakrau9.jpg

पोखरा । वडा प्रहरी कार्यालय बैदामले गत साउनदेखि हालसम्म विभिन्न मुद्धामा अदालतको फैसला भई फरार रहेका एक सय छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेनदेन तथा बैंकिङ मुद्धाका ८५ जना, अभद्र व्यवहार मुद्धाका चार, चोरी मुद्धाका चार, लागूऔषध मुद्धाका छ जना, वन मुद्धाका दुई जना, बाल यौन तथा अपहरण मुद्धाका दुई, हातहतियार मुद्धाका एक र घरेलु हिंसा मुद्धाका दुई जना छन् ।

पक्राउ परेकाबाट नगद ४१ लाख १२ हजार चार सय पाँच रुपैया जरिवाना र नौ वर्ष नौ महिना १५ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले लगत कट्टाका लागि अदालत पेस गरेर अदालतको आदेशले कारागार पठाइएको छ ।

बैदाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलाको कमाण्ड खटिएको प्रहरी टोलीले हाल फरार प्रतिवादी पक्राउमा सफलता प्राप्त गरिरहेको छ ।

यो आर्थिक वर्षमा हालसम्म प्रदेशका ११ वटै जिल्लाबाट दुई सय ५६ जना फरार प्रतिवादी पक्राउ गरिसकेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ